लक्ष्य र दृष्टि

मिशन (Mission):
गुणस्तरीय, पहुँचयोग्य र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउँदै प्रदेश नं. २ का सबै नागरिकहरूको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउनु।

दृष्टि (Vision):
स्वास्थ्य सेवा क्षेत्रमा नवीनता, उत्कृष्टता र भरोसा कायम गर्दै प्रदेश नं. २ मा अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था बन्ने।

लक्ष्यहरू (Goals):

  • सबै वर्ग र समुदायलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने।
  • आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा स्तरोन्नति गर्ने।
  • महिला, बालबालिका, तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा विशेष प्राथमिकता दिने।
  • दक्ष स्वास्थ्यकर्मीहरू उत्पादन गर्न तालिम तथा विकास कार्यक्रम सञ्चालन गर्ने।
  • स्थानिय समुदायको स्वास्थ्य सचेतना बढाउन जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने।
  • आकस्मिक सेवा, शल्यक्रिया, तथा विशेष उपचार सेवाहरूलाई अझ प्रभावकारी बनाउने।
  • सार्वजनिक-निजी साझेदारीमार्फत सेवा विस्तार गर्न पहल गर्ने।

प्रादेशिक अस्पताल, लाहानले जनताको स्वास्थ्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा सुधारका लागि निरन्तर प्रयास गरिरहेको छ।